logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग पुरुष क्रिकेट : नेपालद्वारा माल्दिभ्स पराजित


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

माल्दिभ्सलाई नेपालले ८४ रनले हराएको हो । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा ७९ रनमात्र बनाउन सक्यो ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७, इब्राहिम हसनले नटआउट १२, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे ।

बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र सुशन भारीले २/२ विकेट र पवन सर्राफले १ विकेट लिए ।