काठमाडौं – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
आज १५ खेल मध्ये एउटा खेल आजबाट सुरुवात हुनेछ । अरु अघिल्लो दिनदेखि जारी खेल सञ्चालन हुनेछ । जुडोको खेल आजबाट सुरु हुँदैछ । त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुने जुडोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
पदक तालिकामा पाँचौ दिनसम्म भारतले ११० स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।