logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.17K
Shares

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् ।

उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।