logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

साग फूटबल : फाइनल पुग्न आज नेपाल र बङ्गलादेश भिड्दै


अंकुरण खबर
1.664K
Shares

काठमाडौं  – नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत आज नेपाल र बङ्गलादेशको पुरुष टोलीबीच प्रतिष्पर्धा हुने भएको छ।

बेलुकी पाँच बजे हुने खेल नेपालका लागि निकै सुविधाजनक छ। नेपालले फाइनलमा पुग्न आज बराबरी मात्रै खेले पुग्छ। आजको खेल जिते नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ। तर बङ्गलादेशले भने स्वर्ण भीडन्तका लागि आफुलाई योग्य बनाउन आज नेपाललाई हराउनैपर्छ। जारी सागमा नेपालले यसअघि तीन खेलबाट सात अङ्क जोडेको छ।

यसअघि नै फाइनलमा पुगेको भुटानले चार खेलबाट नौ अङ्क जोडेको छ भने बङ्गलादेशले तीन खेलबाट जम्मा चार अङ्क जोडेको छ। फाइनलमा पुग्नका लागि आज बङ्गलादेशले नेपाललाई पाँच-शुन्य गोलअन्तरले हराउनपर्नेछ।

यो पटकको साग फूटबलमा भारत र पाकिस्तानबाहेकका पाँच दक्षिण एसियाली राष्ट्रिय टीमले भाग लिएका छन्।