बाँकेको कोहलपुरमा स्कुल जादै गरेकी छात्रालाई ट्रकले ठक्कर दिंदा तनाव भएको छ ।
आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुलमा ट्रकको ठक्करबाट बालिकाको खुट्टा चुँडिएको हो ।
आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीय र विद्यार्थीले ढुंगामुढा गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ ।
अहिले पनि प्रहरी र स्थानीय विच झडपको स्थिती रहेको छ । प्रदर्शनपछि कोहलपुर नेपालगञ्ज सडकखण्ड अबरुद्ध भएको छ ।