logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै


अंकुरण खबर
988
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् ।

उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् ।

आयोगले कानून विपरिक आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।