logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा झिनो सुधार


अंकुरण खबर
962
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार भएको छ ।

कारोबार शुरु भएपछि केही सुधार देखिए पनि आधा घण्टापछिबाट नेप्से ओरालो लागेको थियो । तर, कारोबार बन्द हुनुभन्दा आधा घण्टा अघि फेरि नेप्से सुधार हुँदै जाँदा अन्ततः आइतबार नेप्से ३.४५ अंकले बढेर परिसूचक ११३५.३७ बिन्दुमा पुगेको छ ।

कुल १७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह बढेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फ शेयर २ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सर्वसाधारणतर्फको १ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७.१० प्रतिशतले बढेको छ । समग्र परिसूचक बढेको दिन नेसनल माइक्रोफाइनान्स कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब चार प्रतिशतले घटेको छ ।