logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल


अंकुरण खबर
533
Shares

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो ।

सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ। चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशनसमेत दिएको छ ।

यस्तो छ संयूक्त अपिलः

Avatar