logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति


अंकुरण खबर
1.105K
Shares

यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् ।

यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणको लागि अनुमति पाउनेमा १५८ जना पुरुष र २०४ जना महिला छन् ।

सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणको लागि अनुमति लिनेहरुको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार आमादब्लमको लागि ३९, अन्नपुर्ण फर्टको लागि २६, बरुन्त्सेको लागि १६, धौलागिरीको लागि २१, हिमलुङको लागि १६, कञ्चनजङ्गाको लागि ४६, मकालुको लागि १५, मनास्लुको लागि ९, नुप्त्सेको लागि २८ जनाले अनुमति पाएका छन् ।

यसवर्ष हिमाल आरोणको लागि अनुमति दिंदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।