logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

मकवानपुरको हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

हेटौंडा१३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।