logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज भ्रष्टाचार विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका गरी मनाइँदै


अंकुरण खबर
2.886K
Shares

काठमाडौं – भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष कार्यक्रम आयोजना गरेको छ । नेपालमा बहालवाला सांसद, पूर्वमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसमेत भ्रष्टाचारमा संलग्न रहेको पाइएको छ ।

भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि भएको अख्तियारको भनाइ छ । यो आर्थिक वर्षमा अघिल्लो वर्षमा भन्दा पाँच हजार उजुरी थपिएका छन् । विशेष अदालतमा दायर भएका भ्रष्टाचार मुद्दामा जितेर आउने सफलताको दर पनि वृद्धि भएको छ ।

गत वर्ष ८८ प्रतिशत मुद्दा सफल भएका छन् भने दुई वर्षअघि ६६ प्रतिशत मुद्दा सफल भएका छन् । तर राजनीतिक नेतृत्व संलग्न भ्रष्टाचारका मुद्दामा प्रभाकारिता स्थापित हुन सकेको छैन । पछिल्लो समय स्थानीय तहसम्म भ्रष्टाचार बढदै गएको गुनासो सुनिदै आएको छ ।