logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालयको बैठक बस्दै


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सचिवालयकै निर्देशन अनुरुप आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइएको थियो ।

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ।