logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

गाडीको ठक्करबाट प्रहरी हबलदारको मृत्यु


अंकुरण खबर
1.521K
Shares

भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हबलदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हबलदार यदुप्रसाद पाठक रहेका छन् ।

आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा१७च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना५५प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।