क्यान इन्फोटेक मेला २०२२ आगामी वैशाख ७ देखि १२ गतेसम्म हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा वैशाख ७ देखि १२ गते ६ दिनसम्म आयोजना हुने क्यान इन्फोटेक २०२२ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड–१९ नियन्त्रण गर्न सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो।
विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको आयोजकले जनाएको छ।
२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको आयोजकले जनाएको छ। यसपटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने भएको छ। जसमा प्रवेश शुल्क एक रुपैयाँ तोकिएको छ।