काठमाडौं – काठमाडौंको नारायण गोपाल चोक नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सुकेधाराबाट पुलिस एकेडेमीतर्फ आउँदै गरेको बा ५ ख ११७५ नम्बरको बसले अन्दाजी ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थल मै मृत्यु भएको बताइएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।