logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होमस्टेमा आगलागी, करिब २६ लाखको क्षति


अंकुरण खबर
741
Shares

इलामको सूर्योदय नगरपालिका–५, अन्तुडाँडामा आगलागी हुँदा २६ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

सोमबार बिहान स्थानीय मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा विद्युत सर्ट भई आगलागी हुँदा सो मूल्यबराबरको क्षति भएको हो ।

आगलागीबाट घरभित्र रहेको चार तोला सुनका गरगहना, नगद ५ लाख तथा धनमाल जलेर नष्ट भएको छ । आगो स्थानीयवासी र प्रहरीको सहियोगमा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।