logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै


अंकुरण खबर
1.547K
Shares

स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लोपोन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिको रुपमा प्रयोग गर्ने भएको छ ।

जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार  यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेको छ । चिकित्सकहरूका अनुसार अतिसको जरा वाथरोग, छारेरोग, भोक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेको प्रमुख बस्नेतले बताए ।

स्थानीयवासीले अतिसको बिरूवा गाईवस्तुको खुरमा घाउ आएको बेला समेत प्रयोग गर्दै आएका छन् । यसबाहेक जुम्लामा पाइने अतिस, पदम चाल, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागयत पनि औषधिको रुपमा स्थानीयले प्रयोग गरिरहेका छन् ।

प्रमुख बस्नेतलले भने- कर्णाली प्रदेशमा पाइने  ६१ प्रकार वनस्पतिमाथि अनुसन्धान भइरहेको छ । केन्द्रले लगुपत्र र टुकी फूल पनि उत्पादन गर्दै आएको छ ।