logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई


अंकुरण खबर
611
Shares

पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको कांग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन ।

उनीहरू बिहानै ९ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको ब्यस्तताका कारण भेट्न नपाएका हुन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।

उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा कांग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले कांग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् ।