logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाल यौन शोषणको आरोपमा अमेरिकी नागरिक पक्राउ


अंकुरण खबर
2.366K
Shares

काठमाडौं – प्रहरीले बाल यौन दुराचारमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

आर्थिक प्रलोभन देखाई तथा खानेकुरा दिई ललाई फकाई  नेपाली बालबालिकालाई यौन शोषण गर्ने अमेरिकाका ४० वर्षीय जासन लोर्ड मुडिलाई आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरीले तीन बालिकासहित उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो । प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ बालिकाको उद्धार पनि गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।