logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेकपाको स्थायी समिति बैठक मंसिर २९ मा


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर २९ गते स्थायी समितिको बैठक बोलाएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले केन्द्रीय आयोग र विभागको पूर्णताका लागि महासचिव विष्णु पौडेलसमक्ष सात दिन भित्र सफारिस पेश गर्न प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन पनि दिएको छ ।

त्यस्तै उपनिर्वाचनको प्रतिवेदन पठाउन सम्बन्धित क्षेत्रका पार्टी कमिटिलाई ५ दिनको निर्देशन पनि दिएको छ ।