logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु, वीपी राजमार्गको सिन्धुली खण्ड बन्द


अंकुरण खबर
494
Shares

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् ।

कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् ।

बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शृयासको ज्यान गएको र दोषीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । पीडित पक्षले बालकको शव बुझेका छैनन् ।

शृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।