स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आज बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिएको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार ६ जना घाइते भएका छन् । घाइते ६ जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ ।
जीपमा कति जना थिए भन्ने खुलेको छैन । दुर्घटनाको विवरण आउन बाँकी छ ।