logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार भोलिसम्म टुंगो लगाउने


अंकुरण खबर
1.638K
Shares

सत्ता गठबन्धनले भोलि (सोमबार) सम्म महानगरपालिका र उपमहानगरपालिकाको साझा उम्मेदवार टुंगो लगाउने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उम्मेदवार टुंगो लगाउने सहमति भएको हो । भोलि बस्ने बैठकमा सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि बैठकले गरेको छ ।

बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी थिए।