logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा लागुऔषधसहित तीन जना पक्राउ


अंकुरण खबर
1.287K
Shares

झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो ३ जनालाई पक्राउ गरेको हो ।

मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय काकाडभिट्टाले जनाएको छ ।

यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका–५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् ।

गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।