सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो। बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।