logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार


अंकुरण खबर
754
Shares

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।

गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उनलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उनको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी दिए ।

अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।