logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
637
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख दुई हजार ५ सय तोकिएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले बढेर एक हजार चार सय २० पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।