सत्तारुढ गठबन्धनको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
बिहान सवा १० बजेपछि सुरु भएको बैठक तीन घन्टा बसेर स्थगित भएको हो । बैठक आजै केहीबेरपछि पुनः बस्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भागबन्डा गर्ने विषयमा छलफल भएको छ ।
तीन घन्टा सम्म चलेको छलफलमा सहमति जुट्न नसकेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।