logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारले तोक्यो नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक


अंकुरण खबर
689
Shares

कतारले आफ्नो देशमा काम गर्न जाने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ ।

साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समान रुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ ।

मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।