logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आचारसंहिता पालना गर्ने राजनीतिक दलकाे प्रतिबद्धता


अंकुरण खबर
624
Shares

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँद्वारा बुधबार आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुद बनाइने बताए।

निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको प्रजिअ अर्यालले बताए।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम गरिरहेको जानकारी दिए।