logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


अंकुरण खबर
858
Shares

कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ।

वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मुख्य निर्वाचन अधिकृत डा राजेन्द्र आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गर्नुभयो।