logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाललाई २-१ गोलको अग्रता


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ ।

दोस्रो हाफमा ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका हुन् । मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुनिल बलले दोस्रो गोल गरेका हुन् ।

यसअघि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

खेलको ३८ औं‌ मिनेटमा भुटानले जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । भुटानका लागि कप्तान चेम्भो ग्याल्चेनले नेपाललाई बराबरी गोल फर्काएका थिए ।