logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


अंकुरण खबर
1.001K
Shares

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एव्म रसुवा जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालले बताए । ‘रसवामा पाँचवटा गाउँपालिका रहेका छन्, गोसाईकुण्ड गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेर्ने गरि र उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छु, उनले भने, ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको कार्यहरु अघि बढाइएको समेत उनले जानकारी दिए । जिल्लामा स्थानियत तहको निर्वाचन सम्पन्न गराउनका लागि उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मि, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुईटेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यसैगरि, बैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइने गरि तयारी भईरहेको समेत नेपालले बताए ।