logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

दिउँसाे प्रदेश १ र राति गण्डकीमा पनि वर्षाकाे सम्भावना


अंकुरण खबर
1.144K
Shares

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भू(गमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।

साेमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।