बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने तीनै जना नेपाली हुन् । उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ । केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।