logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन


अंकुरण खबर
988
Shares

ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ ।

६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ  । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१. ललितपुर महानगरपालिका

प्रमुख : नेपाली कांग्रेस

उपप्रमुख : नेकपा माओवादी केन्द्र

२. गोदावरी नगरपालिका

प्रमुखः नेपाली काग्रेस

उपप्रमुखः नेपाली काग्रेस

३. महालक्ष्मी नगरपालिका

प्रमुखः नेकपा माओवादी केन्द्र

उपप्रमुखः नेपाली काग्रेस

४. कोन्ज्योसोम गाउँपालिका

अध्यक्ष : नेकपा माओवादी केन्द्र

उपाध्यक्षः नेपाली कांग्रेस

५. बागमती गाउँपालिका

अध्यक्षः नेपाली कांग्रेस

उपाध्यक्षः नेकपा माओवादी केन्द्र

६. महांकाल गाउँपालिका

अध्यक्षः नेपाली कांग्रेस

उपाध्यक्ष. नेकपा माओवादी केन्द्र