logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा जिपको ठक्करबाट बालिकाको मृत्यु


अंकुरण खबर
858
Shares

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो ।

जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।