सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा माओवादीका दुई पक्षबीच झडप भएको छ ।
स्थानीय तह निर्वाचनको लागि टिकटका विषयमा दुई पक्षबीच झडप भएको हो । स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूले बताए ।
उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि स्थितिलाई नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।
उनका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रूग्याँस समेत प्रहार गरेको छ । झडपबाट नगरपालिकामा समेत तोडफोड भएको छ ।