समाजमा हुनेगरेको विभिन्न हिंसा न्युनीकरण गर्ने उद्देश्यका साथ बाराका धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना गराइएको छ । पण्डित,पुजारी,मौलवी,लामागुरुलगायत बाराका एक सय ५० जना धर्मगुरुलाई विषेश कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध सचेतना तथा कानुनी प्रावधानबारे जानकारी गराइएको हो ।
पछिलो समय बारामा विभिन्न खाले हिंसाका घटना बडेपछि जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैयामा बालबिबाह,बहुबिबाह,दाइजो प्रथा,बोक्सी प्रथा,जातीय छुवाछुतबिरुद्ध धर्मगुरुहरुलाई जानकारी गराइएको छ।
समाजमा हुँदै आएको विभिन्न कुप्रथाले मानिसमा पर्ने कुप्रभाव कानुनी व्यवस्थाबारे यस्ता कार्यक्रम मार्फत जानकारी गराँउदा हिंसाका न्युनिकरणमा सघाउ पुग्ने छ ।