कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि. ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका स्थानिय ७५ बर्षीय पंचम अहिरलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।