logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
845
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन ४ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ७० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।