logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालि-६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।