logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा ५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु


अंकुरण खबर
507
Shares

भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हाम फाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनीहरू बस्ने डेरा नजिकै रहेको पिपलको रूखमा झण्डै ६० मिटर अग्लो पर्खाल लगाइएको छ । सोही पर्खालमा चढेर दुवै जनाले हाम फालेका हुन् ।

मोरङको सुन्दर हरैचा नगरपालिका-९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दै आएका थिए । उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि डिप्रेशनको औषधि गर्दै आइरहेको भन्ने बुझिन आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।