नेपालगंज उपमहानगरपालिका-२ स्थित घरबारी टोलबाट स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-२ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी बुधबार दिउँसो पक्राउ गरेको हो ।