logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ


अंकुरण खबर
1.378K
Shares

सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।