logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज आमाको मुख हेर्ने दिन मातातीर्थ औंसी, श्रद्रा भक्तिका साथ मनाइँदै


अंकुरण खबर
2.262K
Shares

आजको दिन आमाको सम्झनामा श्रद्रा, भक्ति गर्ने दिन पनि हो ।

आमाको बारेमा शास्त्रीय बचन छ, आफना सन्तानहरु जति कपुत्र, कुपुत्री भएपनि आमाबाट प्राप्त हुने माया कसैबाट पनि प्राप्त हुन सक्दैन । त्यसैले आजको दिन सबैले आफना आमालाई श्रद्रा, भक्ति गर्ने दिन हो ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन्।

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’