logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमल थापाको ‘थेसिस’ : धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुन्छ


अंकुरण खबर
650
Shares

देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने देश विकासको नयाँ अवधारणा अघि सारेका छन् ।

उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् । समृद्ध नेपाल निर्माण गर्ने सकिने पनि उनको दाबी छ ।

देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए ।

अभियानलाई उनले ‘म्याराथन’ दौड भएकाे सामाजिक सञ्जाल ट्वीटरमा आइतबार बिहान लेखेका छन् ।

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुगेका नेता हुन् ।

उनले राजतन्त्रको एजेण्डा त्यागेका छन् । अहिले उनले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोक्दै आएका छन् ।