logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले मकवानपुरद्वारा बागी उम्मेदवारलाई कारबाही


अंकुरण खबर
767
Shares

नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो ।

एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।

नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्दर्भमा नेकपा एमालेको संस्थागत निर्णयअनुसार नै पार्टीका उम्मेदवारहरू एमालेलाई विजयी गराउन चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।