काठमाडौँ – काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेका थिए ।
उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ । स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् ।