काठमाडौं – बलात्कार आरोपमा अनुसन्धानको घेरामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको अभियोगपत्र तीन दिनभित्र अदालतमा बुझाइने भएको छ ।
तेस्रो पटक म्याद थपका क्रममा तीन दिनभित्र मिसिल बुझाउनू भन्ने अदालतको आदेशबमोजिमको तयारी थालिएको सुनसरी प्रहरीले जनाएको छ ।
अदालतको आदेशबमोजिम तीन दिनभित्र कृष्णबहादुर उपरको मुद्दा अदालतमा बुझाइनेछ । उनीसँगको बयान सकिएको छ । आवश्यक अनुसन्धानसमेत अन्तिम चरणमा पुगेको प्रहरीको भनाइ छ ।
यसअघि दुई पटक गरी ११ दिनको म्याद अस्पतालमै गुजारेका कृष्णदासलाई पछिल्लोपटक आज तीन दिनको म्याद थप गरी पुनः विराट नर्सिङ होममै राखिएको छ